Follow Us:

एनपीएलको तेस्रो सिजनका लागि हुन्डाई नेपाल र लुम्बिनी लायन्सबीच साझेदारी

हुन्डाई नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि साविक विजेता लुम्बिनी लायन्ससँग साझेदारी गरेको छ। ‘ड्रिभन बाइ हुन्डाई’ नारासहित गरिएको यस सहकार्यले नेपाली क्रिकेटप्रतिको समर्थन र खेलकुद प्रवर्द्धनमा कम्पनीको प्रतिबद्धतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

नेपालको अटोमोबाइल क्षेत्रमा अग्रणी ब्रान्डका रूपमा रहेको हुन्डाई र एनपीएलको वर्तमान विजेता लुम्बिनी लायन्सबीचको यो साझेदारीले उत्कृष्ट प्रदर्शन, लक्ष्यप्रतिको समर्पण र निरन्तर सफलताको साझा भावनालाई प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ।

पाधि रक्षा गर्ने तयारीमा लुम्बिनी लायन्स :

लुम्बिनी लायन्सले एनपीएलको दोस्रो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै पहिलोपटक प्रतियोगिताको उपाधि जितेको थियो। तेस्रो सिजनमा आफ्नो उपाधि रक्षा गर्ने तयारीमा रहेको टोलीलाई हुन्डाई नेपालले साझेदारीमार्फत समर्थन गर्ने भएको हो।

यस सहकार्यले आगामी सिजनमा टोलीको यात्रालाई थप प्रोत्साहन गर्नुका साथै नेपाली क्रिकेटप्रति समर्थकको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

क्रिकेट समुदायसँगको सम्बन्ध विस्तार गर्ने लक्ष्य :

हुन्डाई नेपालले यस साझेदारीमार्फत खेलकुदमा देखिने जुझारुपन, सामूहिक प्रयास, टिमवर्क र जितप्रतिको भावनालाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। साथै, नेपालको तीव्र रूपमा विस्तार भइरहेको क्रिकेट समुदायसँग आफ्नो सम्बन्ध थप सुदृढ बनाउने कम्पनीको उद्देश्य रहेको छ।

‘ड्रिभन बाइ हुन्डाई’ नारालाई केन्द्रमा राखेर गरिएको सहकार्यले खेलकुदलाई सहयोग गर्ने र देशभित्र रहेका खेल प्रतिभालाई प्रोत्साहित गर्ने हुन्डाई नेपालको प्रतिबद्धता प्रतिबिम्बित गरेको छ।

एनपीएलको तेस्रो सिजनका लागि गरिएको यस साझेदारीले नेपाली क्रिकेटको विकास, खेलप्रतिको उत्साह र खेलाडीहरूको प्रतिस्पर्धात्मक भावनालाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।