रेड पल्टन च्याम्पियनसिप असोज १४ गतेदेखि १८ गतेसम्म रूपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल इन्टरनेसनल क्रिकेट रंगशालामा सञ्चालन हुने र प्रतियोगितामा ८ टोलीको सहभागिता हुनेछ, जसमा नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गतको लुम्बिनी प्रदेशको ७ जिल्लाले सहभागिता जनाउनेछन् ।
काठमाडौँ — लुम्बिनी लायन्सले रेड पल्टन च्याम्पियनसिप आयोजना गर्ने भएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली लुम्बिनीले एनपीएलको तेस्रो सिजनलाई लक्षित गर्दै लुम्बिनी प्रदेशस्तरीय यू–२० रेड पल्टन च्याम्पियनसिप आयोजना गर्न लागेको हो ।
रेड पल्टन च्याम्पियनसिप असोज १४ गतेदेखि १८ गतेसम्म रूपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल इन्टरनेसनल क्रिकेट रंगशालामा सञ्चालन हुने र प्रतियोगितामा ८ टोलीको सहभागिता हुनेछ, जसमा नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गतको लुम्बिनी प्रदेशको ७ जिल्लाले सहभागिता जनाउनेछन् ।
प्रतियोगिताअघि १४ असोज मा ‘टिम ट्यालेन्ट हट’ आयोजना गरिने लुम्बिनीले जनाएको छ । उक्त ट्यालेन्ट हन्टबाट एक टोली छनोट गरी रेड पल्टन च्याम्पियनसिपमा ७ जिल्लाका टोलीस“ग प्रतिस्पर्धा गर्नेछ । टी–२० संरचनामा नकआउट प्रणालीमा हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई आयोजकले १४ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक गरी १६ जनाका लागि आवश्यक खेल पोसाकको व्यवस्था गर्नेछ ।
रेड पल्टन च्याम्पियनसिपको मुख्य उद्देश्य लुम्बिनी प्रदेशमा क्रिकेटको विकास तथा प्रवद्र्धन गर्नुका साथै प्रदेशभर रहेका युवा तथा उदीयमान प्रतिभाहरूको पहिचान र विकास गर्नु रहेको लुम्बिनीले जनाएको छ । प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालनको नेतृत्व कन्सल्टेन्ट प्रशिक्षक शक्ति गौचनले गर्ने लुम्बिनीले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूमध्येबाट एक जना उत्कृष्ट खेलाडीलाई पहिचान गरी लुम्बिनीको टोलीमा आबद्ध गरिने भएको छ । साथै अन्य प्रतिभाशाली खेलाडीहरूलाई समेत आगामी दिनम प्रशिक्षण, अवसर तथा उच्चस्तरीय क्रिकेटतर्फ अघि बढाउने वातावरण सिर्जना गर्ने लक्ष्य लिएको लुम्बिनीले जनाएको छ ।
प्रतियोगितामा २० वर्षमुनिका खेलाडीले सहभागिता जनाउन पाउनेछन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका, जय ट्रफी, प्रधानमन्त्री कप, एनपीएलको टोलीमा सहभागी भइसकेका र एनपीएल अक्सन ड्राफ्ट पुलमा प्रवेश गरेका वा सहभागी भएका खेलाडीहरू रेड पल्टन च्याम्पियनसिपका लागि योग्य नहुने बताइएको छ ।