Follow Us:

लुम्बिनी लायन्स र भिभान्ताबीच हस्पिटालिटी पार्टनरशिप

 एनपीएलको च्याम्पियन टोली लुम्बिनी लायन्सले भिभान्ता काठमाडौं होटलसँग हस्पिटालिटी पार्टनरमा सम्झौता गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को साविक विजेता लुम्बिनी लायन्सले आगामी एनपीएल सिजनका लागि भिभान्ता काठमाडौंसँग हस्पिटालिटी पार्टनरका रूपमा सहकार्यलाई निरन्तरता दिएको छ।

गत सिजनको च्याम्पियन यात्राका क्रममा लुम्बिनी लायन्सको टोलीलाई आतिथ्यता प्रदान गरेको भिभान्ताले यस सिजन पनि टोलीका खेलाडी तथा सपोर्ट स्टाफका लागि आवास, वेलनेस र आतिथ्य सेवा उपलब्ध गराउनेछ।

सहकार्यसम्बन्धी सम्झौतामा लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवाल र भिभान्ता काठमाडौंका प्रबन्धक प्रवीण पुडासैनीले हस्ताक्षर गरेका छन्।

गत सिजनको सफल यात्रामा भिभान्ताबाट प्राप्त सहयोग र आतिथ्यताको प्रशंसा गर्दै CEO सन्देश कटवालले यस सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी व्यक्त गरे। भिभान्ताका प्रबन्धक प्रवीण पुडासैनीले पनि लुम्बिनी लायन्स टोलीलाई पुनः स्वागत गर्न आफूहरू उत्साहित रहेको बताए।

डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स आगामी सिजनका लागि नयाँ ऊर्जा र दृढ संकल्पका साथ मैदानमा उत्रिँदैछ।