एनपीएल दोस्रो सिजनदेखि लुम्बिनी लायन्ससँग ब्रिटिस कलेज आवद्ध छ । त्यसै सिजनमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो ।
काठमाडौँ — लुम्बिनी लायन्सले द ब्रिटिस कलेजसँगको सहकार्यलाई निरन्तरता दिएको छ । लुम्बिनी र ब्रिटिस कलेजबीच तेस्रो नेपाल प्रिमियर लिग क्रिकेटका लागि सम्झौता भएको हो । लुम्बिनीको एजुकेसन पार्टनरमा ब्रिटिस कलेज रहनेछ । एनपीएलमा लुम्बिनीको जर्सीमा ब्रिटिस कलेजको लोगो रहनेछ ।
एनपीएल दोस्रो सिजनदेखि लुम्बिनी लायन्ससँग ब्रिटिस कलेज आवद्ध छ । त्यसै सिजनमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो । रोहित पौडेल मार्की एवं कप्तान रहेको लुम्बिनी लायन्सले दसैंपछि आफ्नो उपाधि रक्षा अभियान सुरु गर्नेछ ।
ब्रिटिस कलेजलाई पुनः लुम्बिनी लायन्स परिवारमा स्वागत गर्न पाउँदा हामी निकै खुसी छौं।