Follow Us:

लुम्बिनी लायन्स र बुद्ध एयरबीच सहकार्य

तेस्रो एनपीएल सिजनका लागि बुद्ध एयर लुम्बिनी लायन्सको एयरलाइन्स पार्टनर

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि लुम्बिनी लायन्सले बुद्ध एयरसँग एयरलाइन्स पार्टनरका रूपमा सहकार्यलाई निरन्तरता दिएको छ।

नेपाली क्रिकेटप्रतिको आफ्नो निरन्तर प्रतिबद्धता र समर्थनलाई कायम राख्दै बुद्ध एयर दोस्रो सिजनदेखि लुम्बिनी लायन्ससँग जोडिँदै आएको छ। यस सिजन पनि बुद्ध एयरले लुम्बिनी लायन्सको यात्रामा एयरलाइन्स पार्टनरका रूपमा सहकार्य गर्नेछ।

बुद्ध एयरसँगको यो निरन्तर साझेदारीले लुम्बिनी लायन्सको यात्रा थप सहज र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ।

तेस्रो सिजनको यात्रामा बुद्ध एयरलाई पुन हाम्रो साथमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ।